परिचय​

परिचय​

ग्रामीण छेत्रका युवाहरु , जसको उद्येश्य कृषिमा नै आत्मनिर्भर बन्ने छ।  त्यस्ता उद्यमी युवाहरुको आधारभूत आवश्यकताहरु दिगो रूपमा परिपूर्ति गर्न आधुनिक प्रभिधिको उच्चतम प्रयोग गर्न गराउन आजको आवश्यकता हो।  कृषि कै माध्यमबाट आर्थिक, सामाजिक , तथा सांस्कृतिक बिकाश गर्न सकिन्छ।  कृषि कै माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख नेपालको अर्थतन्त्र बिकाश गर्न टेवा पुर्याउन सकिन्छ भन्ने ठहर भइ चेसुंग पशु तथा कृषि उत्पादन प्रा लि नामक कम्पनीको स्थापना गरिएको हो। यस कम्पनीको कार्यालय पाँचथर जिल्ला को फाल्गुनन्द गा पा वार्ड नं ५ मा रहेको छ भने शाखा कार्यालय ललितपुर- २३ हातिवनमा रहेको छ।

पशु र कृषि व्यवशायबाट आत्मनिर्वर भई ग्रामिण छेत्रका समुदायहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्न दिगो र भरपर्दो कम्पनी बनाउने।

पछाडी परेका समुदायहरुलाई ग्यान, शीप प्रदान गरि व्यवसायिक आधुनिक कृषि तथा पशुपालन तथा उध्यम्शिलाताको विकास गर्नमा लागि।