हाम्रो लक्ष्य/उद्देश्यहरु
हाम्रो लक्ष्य
- कम्पनीले देश विदेशमा प्रचलित ऐन नियमहरुको पालना गरी कम्पनीको सदस्यहरुको आर्थिक र सामाजिक उन्नतीको लागि विभिन्न कार्यहरु सञ्चालन गर्ने ।
- शेयर सदस्यहरुलाई व्यवसायिक बनाउन विभिन्न तालिमहरु सञ्चालन गर्ने ।
- कृषि तथा पशुृपालन व्यवसायिहरुलाई आधुनिकीकरण र उद्यमशिल बनाउने ।
- स्थानीय प्राकृतिक स्रोत साधन, मानवीय स्रोत साधनको उचित परिचालन गरी व्यवश्थापन गर्ने ।
- सदस्यहरुबाट उत्पादित वस्तुहरुको बजारको व्यवश्था गर्ने ।
- उच्च पहाडी क्षेत्रमा उत्पादित घिउ, छुर्पी तथा चिजको प्याकेजिङ,ब्रान्डिङ गरी नेपालको मुख्य शहरहरुमा विक्री वितरण गर्ने।
- पशु दाना तथा रासनको पसल स्थापना गर्ने ।
- पशु आहाराको लागि मील सञ्चालन गर्ने ।
- तरकारी संकलन केन्द्र स्थापना गर्ने ।
- कम्पनीको आफ्नै ५० वटा अटाउने गाई फाम स्थापना गर्ने ।
- उद्यमी कृषकहरुलाई कृषि भ्रमण गराउने ।
- स्थानीय क्षेत्रमा सञ्चालनमा रहेका डेरीहरुसँग समन्वय गरी गुणस्तर दुध उत्पादन गर्ने , उत्पादित दुध जन्य वस्तुहरुको बजारीकरण गर्ने ।
हाम्रो उद्देश्यहरु
- सदस्यहरुमा स्वावलम्बनको ज्ञान पारस्परिक सहयोग एवं मितव्ययिताको भावना सिर्जना गर्ने |
- परम्परागत कृषि प्रणालीलाई बजारमुखी कृषि प्रणालीमा रुपान्तरण गर्ने ।
- सदस्यहरुको उत्पादनलाई बजार व्यवस्था गर्ने ।
- कृषकहरुकोे क्षमता अभिवृद्धि गर्न व्यवसायिक एवं सीपमूलक तालिम, गोष्ठी सञ्चालन गर्ने ।
- समुदाय भित्र सामाजिक, सांस्कृतिक विकास एवं पर्यावरणीय संरक्षणका कार्यहरु गर्ने ।
थप जानकारीको लागि :
के तपाईंको व्यवसायमा कुनै प्रश्नहरू छन्? हामी तपाईंको व्यवसाय, नयाँ परियोजनाहरू, रचनात्मक संघर्ष र कसरी हामी तपाईंलाई मद्दत गर्न सक्छौं जस्ता विषयहरूमा सम्वाद गर्न खुला छौं।
